लाइनमा छन् काँग्रेसबाट प्रधानमन्त्री बन्न खोज्नेहरु, रामचन्द्र पौडेलपछि को को छन् लाइनमा ?

काठमाडौं । ‘मैले ग्रास रूटदेखि नम्बर टु भएर काम गरेको छु । अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन् । मलाई कुनै कुराको लोभ छैन् । नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु ।’ यो भनाइ हो, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको ।

सरकारले मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिंहले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन् ।

सरकारको उप्रप्रधानमन्त्रीदेखि पार्टी उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरे । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तर, पार्टी नेतृत्वमा पुग्न असफल भए पनि काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्य रहेका सिंहले आगामी निर्वाचनबाट फेरि अनुमोदित हुँदै प्रधानमन्त्री बनेर देश र जनताको पक्षमा निःस्वार्थ रूपमा काम गर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधव नेपालका विश्वास पात्र मानिएका कर्मचारीका यी नेतालाई ओलीले यसरी खोसेपछि तनावमा माधव

Sun Aug 7 , 2022
नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष माधव नेपालका विश्वापात्र मानिएका निजामती कर्मचारीका नेता भोला पोखरेल नेकपा एमालेमै नै फर्किएका छन् । नेकपा एसका केन्द्रीय लेखा आयोगका सदस्यसमेत रहेका पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने […]

You May Like

Highlight

Quick Links