माधव नेपालका विश्वास पात्र मानिएका कर्मचारीका यी नेतालाई ओलीले यसरी खोसेपछि तनावमा माधव

नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष माधव नेपालका विश्वापात्र मानिएका निजामती कर्मचारीका नेता भोला पोखरेल नेकपा एमालेमै नै फर्किएका छन् ।

नेकपा एसका केन्द्रीय लेखा आयोगका सदस्यसमेत रहेका पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने यात्राका लागि मूलघर फर्केको बताएका पोखरेल कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघका नेता समेत हुन् ।

यो पनि : बर्खास्त गरिएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा हाजीर भए : बर्खास्त गरिएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजीर भएका छन् ।

बर्खास्तको चिठ्ठी नपाएको भन्दै अधिकारी कार्यालयमा हाजीर हुन आएको बताएका छन् । शुक्रबार बसेको सरकारको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई बर्खास्त गरेको थियो ।

भोलिपल्ट शनिबार भएका कारण आफुले चिठ्ठी नपाएको उनले बताएका छन् । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए । सरकारले विभिन्न अभियोगमा छानविन सुरु गरेपछि उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बर्खास्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शंकर पोखरेल भन्छन्- प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन

Sun Aug 7 , 2022
एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ । एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई […]

You May Like

Highlight

Quick Links