शंकर पोखरेल भन्छन्- प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन

एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ ।

एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई उनले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताए । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने । एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उनले बताए । अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनको भनाइ छ ।

नेता पोखरेलले संक्रमणलाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको आरोप पनि लगाए । लुम्बिनी प्रदेशका पहलिो मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताए । उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताकामाझ लैजानुपर्नेमा जोड दिए ।

‘प्रतिनिधिसभा विघटन गलत थिएन, जनतामा जानु गलत कुरा हो ? आफ्नो नेतृत्वमा बनेको सरकार कसले संकटमा पार्न खोज्छ ?, उनले प्रश्न गरे ।

पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्वले गरेको राम्रा कामको परिणाम भएको उनको दाबी थियो । जनतामाझ एमाले लोकप्रिय भएकाले पाँचदलीय गठबन्धनले गठबन्धन गरेको उनले जिकिर गरे । ‘गठबन्धन सरकारको गलत कामको भण्डाफोर गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पच्चीस वर्ष पुरानो शौचालय अवलोकन गर्दे बालेन्द्र शाह

Sun Aug 7 , 2022
महानगरपालिका–२० स्थित परोपकारमा पुनर्निर्माण गरिएको सार्वजानिक शौचालयको अवलोकन गर्दै कामपाका प्रमुख बालेन्द्र शाह । पच्चीस वर्ष पुरानो सो शौचालयलाई कामपा–२० र एरोसान सस्टेनेबल स्यानिटेसनले संयुक्त रुपमा तयार पारेका हुन् । तम्घासमा तिब्र गतिको ट्रक पल्टिँदा ३२ वर्षीय रनबहादुर सदाका लागि अस्ताए:. तम्घास गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै […]

You May Like

Highlight

Quick Links