महानगरपालिका–२० स्थित परोपकारमा पुनर्निर्माण गरिएको सार्वजानिक शौचालयको अवलोकन गर्दै कामपाका प्रमुख बालेन्द्र शाह । पच्चीस वर्ष पुरानो सो शौचालयलाई कामपा–२० र एरोसान सस्टेनेबल स्यानिटेसनले संयुक्त रुपमा तयार पारेका हुन् ।
तम्घासमा तिब्र गतिको ट्रक पल्टिँदा ३२ वर्षीय रनबहादुर सदाका लागि अस्ताए:.
तम्घास गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।