धन कमाउन गएका युबा फर्किए बाक-समा ,मन थामेर हेरौ ,कोमल मन भएकाले नहेर्नु होला (हेर्नुस भिडियो सहित )

धन कमाउन गएका युबा फर्किए बाक-समा ,मन थामेर हेरौ ,कोमल मन भएकाले नहेर्नु होला (हेर्नुस भिडियो सहित )

कृपया यो पनि हेन्रुस : माछा मार्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु
जरकोट : जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ। जिल्लाको छेडागाड नगरपालिका-१ स्थित छेडाखोलामा माछा मार्ने क्रममा जालमा बेरिएर दुई जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार छेडागाड नगरपालिका-१ का ५० वर्षीय नरबहादुर नेपाली र शिवालय गाउँपालिका-९ का ४९ वर्षीय धनबहादुर बुढाको डुबेर ज्यान गएको हो।

लेकतिर पानी परेका कारण छेडाखोला केही बढेको र धमिलो थियो। धमिलो पानीमा माछा मर्ने भएकाले ति दुई जना जाल लिएर बिहीबार दिउँसो खोलामा गएका थिए।

जाल खेल्ने क्रममा गहिरो ताल परेको ठाउँमा एक जना जालमा अड्किएर डुबेपछि बचाउन गएका अर्काको पनि डुबैरै ज्यान गएको स्थानीय गणेश जैसीले बताए।

माछा मार्न खोलामा गएका उनीहरू डुबेपछि प्रहरी र स्थानीयले खोजी गर्दा दुवै जना तालभित्र मृत अवस्थामा जालमा बेरिएको अवस्थामा फेला परेको जैसीले बताए।

यो खोलामा जाल खेलेर वषौंदेखि माछा मारेर धेरैले जीविका चलाउने र कतिपयको ज्यानै समेत जाने गरेको छेडागाड नगरपालिका-१ का वडाध्यक्ष रामबहादुर बुढाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरामा अचम्मको चोरी ! नक्कली सुन देखाएर सक्कली सुन चोरी (हेर्नुस भिडियो सहित)

Fri Jun 23 , 2023
पोखरामा अचम्मको चोरी ! नक्कली सुन देखाएर सक्कली सुन चोरी (हेर्नुस भिडियो सहित) कृपया यो पनि हेर्नुस : ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ : बाबुराम भट्टराई काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले २०८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन्। रास्वपाको स्थापना भएको एक वर्ष […]

You May Like

Highlight

Quick Links