९१ बर्षकी आमाको घरमा पुग्न नपाउदै रुवाबासी,म बाच्न चाहान्छु भन्दै रोइन (हेर्नुस भिडियो सहित)

९१ बर्षकी आमाको घरमा पुग्न नपाउदै रुवाबासी,म बाच्न चाहान्छु भन्दै रोइन (हेर्नुस भिडियो सहित)

कृपया यो पनि पढ्नुहोस :- ताप्लेजुङ बाढीपहिरोः घाइते राजकुमारको हेलिकोप्टरमार्फत उद्धार
ताप्लेजुङ : ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते राजकुमार राईलाई हेलिकोप्टरमार्फत उपचारका लागि विराटनगर लगिएको छ।

सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका राजकुमार सोमबार बिहान पहिरोमा परी गम्भीर घाइते भएका थिए। उनीसँगै उद्धार गरिएका सुरेश राईको भने मृत्यु भइसकेको छ।

सोही पहिरोमा परि बेपत्ता भएका केशरबहादुर राईको मृत अवस्थामा शव फेला परेको थियो। गम्भीर घाइते रहेका राईलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ।

उद्धारका लागि पुगेको हेलिकोप्टर निलगिरी माविको खेलमैदानमा अवतरण गरेको केही समयमा नै मौसममा खराबी आएपछि डेढ घण्टा त्यहीँ रोकिनु परेको थियो।

ताप्लेजुङमा पहिरोमा परी हालसम्म तीन जनाको ज्यान गइसकेको छ भने तीन जना अझै बेपत्ता रहेका छन्। पाँच दिनदेखिको अविरल वर्षाका कारण विशेषगरी सिदिंवा-६ मेहेले बाढी पहिरोको अत्यधिक चपेटामा परेको छ।

सो वडाध्यक्ष रत्न लिङ्देनका अनुसार गाउँमा खाद्यान्न समेत अभाव भएको छ। हिजोदेखि नै स्थानीय पहिरोको जोखिमका कारण घर छोडेकाले खानाको समेत अभाव भएको उनले बताए। ‘अहिलेसम्म कहिबाट पनि राहतको व्यवस्था भएको छैन।

विस्थापितहरूलाई आफ्नै ढंगले व्यवस्थापन गरिरहेका छौं,’ वडाध्यक्ष लिङ्देनले भने। घाइतेलाई उद्धार गर्न गएको हेलिकोप्टरमा केही खाद्यान्न पठाएको भएपनि सहज हुने स्थानीयले बताएका छन्।

सोही स्थानमा आइतबार बेपत्ता रहेका गणेश तामाङको शव फेला परेको थियो भने अन्य तीन जना अझै हराइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२९ बर्षको दिदिको ५ छोराछोरी । श्रीमानको मृत्यु पछी ठुलो बिचल्ली (हेर्नुस भिडियो सहित)

Sun Jun 25 , 2023
२९ बर्षको दिदिको ५ छोराछोरी । श्रीमानको मृत्यु पछी ठुलो बिचल्ली (हेर्नुस भिडियो सहित) कृपया यो पनि हेर्नुस : पूर्वी नेपालको बाढी : ४६३ मेगावाटका ३० आयोजनामा साढे ८ अर्ब क्षतिको प्रारम्भिक अनुमान काठमाडौं- पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक […]

You May Like

Highlight

Quick Links