अमेरिका बाट नेपाल आएको बुबा किन यसरी रोए हेर्नुहोस ! (हेर्नुस भिडियो सहित)

अमेरिका बाट नेपाल आएको बुबा किन यसरी रोए हेर्नुहोस ! (हेर्नुस भिडियो सहित)

कृपया यो पनि हेर्नुस : ‘शान्त देखिने मान्छे रक्सी खाएपछि किन धेरै बोल्छ ?’

मान्छे किन रक्सी खान्छन्?

रक्सी खाने विभिन्न कारण हुन्छन्। एउटा त सरसंगतका कारण लहैलहैमा खाँदाखाँदै आदत बन्न पुग्छ। कसैले नखानु, हानि पुर्‍याउँछ भन्यो भने पनि पत्यार लाग्दैन र खान्छन्।

अर्को, पारिवारिक प्रभावका कारण खान्छन्। घरपरिवारमा सबै जना खान्छन् भने बालबालिकाले पनि खान थाल्छन्। त्यस्तै, परिवारमा केही तनाव, हैरानी छ भने त्यसले गर्दा पनि रक्सी खान्छन्।

त्यस्तै आघात पनि एउटा कारण हाे। बाल्यकालमा कुनै दुर्व्यवहार वा हिंसा भएको छ भने त्यसलाई भित्रभित्रै दबाउने क्रममा कतिपयले रक्सी वा लागूपदार्थको सहारा लिन्छन्। मद्यपानलाई दुर्व्यवहार सहने बहाना बनाइएको हुन्छ। अर्को चाहिँ चेतनाको अभावका कारण यो पिउनु हुँदैन भन्ने थाहा नपाएर पनि मद्यपानले निरन्तरता पाइरहेको हुन्छ।

हामी रक्सी खाने व्यक्ति हेरेर पहिचान गरिहाल्छौं। एउटा आँखा खोल्ने बित्तिकै रक्सी खान्छ कि खाँदैन भन्ने थाहा हुन्छ। त्यसरी खानेहरू सामान्य अवस्था हो कि रोग वा कुलतको तहसम्मै पुगेको भन्ने फरक-फरक हुन्छ। रक्सी छोड्न वा मात्रा घटाउन खोज्ने, तर नसकेर हीनताबोध गर्ने पनि हु्न्छन्। नपिउनू भनेर अरूले सम्झाउँदा रिसाउँछन्। त्यो चाहिँ रोग नै हो।

रक्सी खाने मान्छेले परिवारलाई राम्ररी हेरेको छैन, परिवारसँग सम्बन्ध राम्रो छैन, आफ्नो दायित्वमा सफल भएको छैन, आफ्नो काम पनि राम्ररी गर्न सकिरहेको छैन, रक्सी छोड्न सकिरहेको छैन भने त्यो कुलत हो, रोग हो।

रक्सीले ज्यान पनि जाने हुन्छ?

रक्सी खाएपछि एउटा उतिखेर पर्ने र अर्को दीर्घकालीन प्रभाव हुन्छ। यसले मस्तिष्कमा असर गर्छ। हाम्रो श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कमा एउटा भाग हुन्छ, त्यसलाई नै दबाइदिन्छ। त्यही भएर मान्छेहरूले अत्यधिक रक्सी खाएमा ‘पोइजनिङ’ भयो भनिन्छ। यदि श्वासप्रश्वासमा केही समस्या छ वा कुनै रोग छ वा त्योसँगै मस्तिष्कलाई लट्ठ्याउने खालको कुनै औषधि पनि खाइरहेको छ भने त्यस्तो व्यक्तिले रक्सी धेरै खाएमा श्वासप्रश्वास बन्द भएर मृत्यु पनि हुनसक्छ।

रक्सीले उतिखेरै शरीरमा पार्ने प्रभाव कस्तो हुन्छ?

रक्सी यस्तो पदार्थ हो, जुन खानेबित्तिकै पेटमा पुगेसँगै रगतमा गइहाल्छ। १० मिनेटदेखि १/२ घण्टासम्म यसको पूरै असर देखिन थाल्छ। हाम्रो दिमागमा स्नायु प्रणालीले सूचना दिइराख्नुपर्छ। त्यहाँ विभिन्न रसायन उत्पादन भइरहेका हुन्छन्। रक्सीले तिनीहरूलाई अवरुद्ध गरेर मस्तिष्कको सूचना प्रणालीलाई नै फरक पारिदिन्छ। त्यसैले रक्सी खाएको मान्छेले सोच्न नसक्ने, निर्णय गर्न नसक्ने, बोली लरबराउने, सम्झिन नसक्ने भइदिन्छ।

रक्सी जस्तो मादक वस्तुले हाम्रो मस्तिष्कलाई नै ‘ब्ल्याक आउट’ बनाएर सोचविचार नै ठप्पसरह पारिदिन्छ। मस्तिष्कमा छोटो र लामो समयको स्मृति आइरहन्छ, नशालु वस्तुले त्यसलाई जोडिन दिँदैन। त्यसैले रक्सी खाएपछि केही कुरा गरेको, तर याद नभएको भनिन्छ।

शान्त रहने मानिस पनि रक्सी खायो भने धेरै बोल्छ। यो कसरी हुन्छ?

मस्तिष्कको पछाडिको भागले हात, खुट्टा, बोलीको चाललाई संयोजन गर्छ। कसरी हिँड्ने, कसरी बोल्ने भन्ने निर्देशित गर्छ। रक्सीले तिनलाई प्रभावित पारेर काम गर्न दिंदैन। जसले गर्दा रक्सी खाएको मान्छे लडबडाउँदै हिँड्ने, खुट्टा टेक्न नसक्ने, बोली पनि लरबराउने हुन्छ।

रक्सीका दीर्घकालीन असर के-के हुन्?

रक्सीले शरीरको हरेक भागलाई असर पार्छ। यो खाएपछि घाँटी, अन्ननली, फोक्सोलाई असर पार्छ। ग्यास्ट्राइटिस गराउँछ। पेटको क्यान्सर गराउन सक्छ। ठूलो आन्द्रा, सानो आन्द्रा, मूत्रथैली, मिर्गौला, फियोमा असर पार्छ। फियो सुन्निएर प्यांक्रियाटाइटस गराउँछ।

यो थोरै थोरै खाएर केही फरक पर्दैन भन्ने हुँदैन। रक्सी खाने बित्तिकै पेटमा पुगेपछि सोस्छ। कुनै पनि खानेकुरा खाएपछि हाम्रो शरीरले त्यसलाई टुक्र्याएर हाम्रो जिउले प्रयोग गर्नसक्ने माध्यममा लिएर जानुपर्छ। त्यही भएर यसलाई पनि ‘अल्कोहल डिहाइड्रोजनिस’ भन्ने एन्जाइमले ‘एसेटलडिहाइड’ बनाउँछ।

रक्सी भनेको अल्कोहल इथानोल हो। जुन बियर र वाइनमा फरकफरक मात्रामा पाइन्छ। अनि ‘एस्टलडिहाइड’ यस्तो खालको विषादीका रूपमा हुन्छ, यो त्यति धेरै बेरसम्म रहन सक्दैन। यदि रह्यो भने जिउको सबै ठाउँमा असर पार्छ। यो दिमाग, मिर्गौला, कलेजो र मुटुमा जान्छ। मुटुका मसलहरूलाई काम गर्न नसक्ने बनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन्तोष र नितु धेरै समय पछि मिडियामा || खुशीहुदै भने यस्तो अन्तर्जातीय विवाह गरेर भाईरल भएका नितु (हेर्नुस भिडियो सहित)

Sun Jun 25 , 2023
सन्तोष र नितु धेरै समय पछि मिडियामा || खुशीहुदै भने यस्तो अन्तर्जातीय विवाह गरेर भाईरल भएका नितु (हेर्नुस भिडियो सहित) कृपया यो पनि पढ्नुस : नेपालमा दाइजो प्रथा लेखक – दीपेन्द्र चौधरी “नेपाली समाजको सबैभन्दा खराब विकृति मध्ये दाइजो प्रथा पनि एक हो, जुन दक्षिण एसियाली देशहरूमा व्यापक रूपमा व्याप्त […]

You May Like

Highlight

Quick Links