पिर नगर बुढा तिमीलाई जसरी नि बचाउछु, अन्तरजातीय बिवाह गरेको १५ महिनामै बज्रपात। कृपया पुरा हेर्नुस भिडियो सहित

पिर नगर बुढा तिमीलाई जसरी नि बचाउछु, अन्तरजातीय बिवाह गरेको १५ महिनामै बज्रपात। कृपया पुरा हेर्नुस भिडियो सहित

कृपया यो पनि हेर्नुस : विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड बजेट

विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाखको बजेट ल्याएको छ । विराटनगर कोसी प्रदेशको एउटा मात्रै महानगर हो । नगरसभाको १२ औं अधिवेशनको अवसरमा उपमेयर शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट आइतबार प्रस्तुत गरेकी हुन् । महानगरले चालुतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार, पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रूपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजारको बजेट प्रस्तुत गरेको थियो । तर, स्रोतमा संकुचन देखाउँदै महानगरले आगामी आर्थिक वर्षका लागि ८८ करोड ५९ लाख ९८ हजार रूपैयाँ कमको बजेट ल्याएको हो । महानगरले आगामी वर्षका लागि कार्यालय सञ्चालन र प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरका १९ वटा वडाको वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनकका लागि २० करोड, बुहवर्षीय एवं गौरवका आयोजना र क्रमागत भुक्तानीका लागि ६५ करोड रूपैयाँ विनियोजन गरिएको छ । निर्माण भएका लगायतका पिच सडक मर्मतसम्भारका लागि १० करोड, सडक बत्तीतर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६५ लाख र समपूक कोषका लागि २ करोड विनियोजन गरिएको छ ।

आम्दानीमा संघीय सरकारबाट वित्तीय हस्तान्तरणतर्फ १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ६३ लाख, राजस्व बाँडफाँटबाट ८० करोड २४ लाख तथा आन्तरिकतर्फ ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड, अन्य संघ संस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोडको अनुमान गरिएको छ ।

पूर्वाधार विकासतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकासतर्फ ८५ करोड २० लाख ४४ हजारमध्ये शिक्षातर्फ ६७ करोड ९४ लाख र स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रूपैयाँ खर्च हुने महानगरको अनुमान छ । स्रोतहरुको व्यवस्थापन गरेर आर्थिक वर्षको खर्च अनुमान पेस गरिएको महानगरले जनाएको छ ।

महानगरको चालू संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रूपैयाँको थियो । तर, आय र व्ययमा लक्ष्य हासिल गर्न नसकिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । जेठ मसान्तसम्म (११ महिना)मा २ अर्ब ८६ करोड ८३ लाख ८० हजार रूपैयाँ मात्रै यथार्थ आम्दानी गरेको महानगरको यथार्थ व्यय २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रूपैयाँ मात्रै छ ।

पुँजीगततर्फ २ अर्ब २७ करोड ७८ लाख २८ हजार ९ सय रूपैयाँ खर्च अनुमान गरिएकोमा ९० करोड १९ लाख ६ हजार ६ सय ७८ रूपैयाँ खर्च भएको छ । चालु एवं प्रशासनिकतर्फ १ अर्ब ८४ करोड ३१ लाख ६९ हजार १ सय रूपैयाँ खर्चको अनुमान गरिएकोमा १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७ सय २२ रुपैयाँ खर्च भएको छ । वित्तीयतर्फ ५ करोड अनुमान गरिएकोमा ४ करोड ७३ लाख ८१ हजार ६ सय ६५ रूपैयाँ मात्रै खर्च भएको छ ।

आन्तरिक राजस्वतर्फ १ अर्ब ६४ लाख रूपैयाँ अनुमान गरिएकोमा जेठ मसान्तसम्ममा ५१ करोड ६५ लाख ९४ हजार ९ सय १९ रूपैयाँ संकलन भएको छ । बाँडफाँटबाट प्राप्त राजस्वतर्फ ९५ करोड ५५ लाख ५७ हजार रूपैयाँ अनुमान गरिएकोमा ३५ करोड २३ लाख ५ हजार ९ सय ७७ रूपैयाँ मात्र प्राप्त भएको बजेट वक्तव्यमा उल्लेख छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब ३५ करोड २९ लाख ६ हजार अनुमान गरिएकोमा १ अर्ब २९ करोड ५८ लाख ६ हजार रूपैयाँ अनुदान प्राप्त भएको छ । सामाजिक सुरक्षा कार्यक्रमतर्फ संघीय सरकारबाट ६२ करोड ८२ लाख ८५ हजार ६ सय रूपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालयबाट भुक्तानी हुने हुँदा महानगरपालिकाको सञ्चित कोषमा आय देखिएको छैन ।

प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ९ करोड ४० लाख ४६ हजार रुपैयाँ अनुमान गरिएकोमा ७ करोड २० लाख ३५ हजार १ सय १५ रूपैयाँ प्राप्त भएको छ । अन्य संघसंस्था अनुदानतर्फ ३ करोड ५६ लाख रूपैयाँ अनुमान गरिएकोमा २ करोड २९ लाख ३६ हजार १ सय ५२ रुपैयाँ प्राप्त भएको छ । नगर विकास कोषबाट ऋण सापटीबापत ८ करोड ५३ लाख रूपैयाँ अनुमान गरिएकोमा उक्त रकम यो वर्ष ऋण नलिई आगामी आर्थिक वर्षमा लिइने भएको छ । जनसहभागिताबाट १० करोड ११ लाख ७६ हजार रूपैयाँ अनुमान गरिएकोमा ६ करोड ७७ लाख २९ हजार ९ सय ३९ रूपैयाँ मात्र जुटेको छ । गत वर्षको मौज्दाततर्फ ५७ करोड ३२ लाख ५८ हजार ७ सय ६३ रूपैयाँ छ ।

महानगरले राजस्वको दायरालाई फराकिलो बनाउँदै नयाँ सेवामा कर तथा दस्तुर लगाउने व्यवस्था गरेको छ । अबदेखि अपुताली सिफारिस गर्दा २ हजार, व्यवसायिक बहालमा लागेको कोठाको ताल्चा फुटाउन २ हजार, दर्ता नभएको व्यवसायको हकमा ३ हजार रूपैयाँ कर तिर्नुपर्ने भएको छ । स्टेशनरी, प्रिन्टिङ, आल्ुमनियम स्टिल व्यवसाय, फोटो स्टुडियो, रेकर्डिङ स्टुडियो, राइड सेयरिङ व्यवसायलगायतलाई महानगरले करको दायरामा ल्याएको छ ।

बजेटमा नयाँ कार्यक्रमहरुलाई समावेस गर्न नसकेको महानगरपालिकाले ‘घ’ वर्गको निर्माण सेवा नवीकरण शुल्क भने घटाएको छ । १० हजारबाट घटाएर शुल्कलाई ४ हजार रूपैयाँमा झारिएको छ । नयाँ कार्यक्रमहरुलाई समावेस गर्न नसकिएका कारण महानगरमा सञ्चालन भइरहेकै कार्यक्रमलाई बजेटमा समावेश गरी निरन्तरता दिइएको छ । महानगरले विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार, वातावरण र फोहोर व्यवस्थापन, उद्यमशीता तथा रोजगार आदि क्षेत्रलाई प्राथमिकता दिएर बजेटमा समावेश गरेको छ ।

महानगरका अनुसार विद्यालय भर्ना दर ९९.६ प्रतिशत छ । आगामी वर्ष सबै बालकालिकालाई विद्यालय भर्ना हुने वातावरण बनाएर सर्वसुलभ एवं गुणस्तरीय शिक्षा प्रदान गरिने बजेट वक्तव्यमा उल्लेख छ । सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सिकाई प्रणाली विकास गर्न ‘मेयर डिजिटल स्कुल’ कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरिएको छ । महानगरले ‘एक वडा, एक नेतृत्व’ स्कुलको अवधारणा ल्याएर विद्यालय सुधार कार्यक्रम अगाडि बढाउने भएको छ ।

महानगरले दोश्रो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षबाट गर्भवती महिला, अपांगता भएका व्यक्ति र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको उपचारमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा महानगरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहान उठ्ने बित्तिकै हलेसी महादेवस्थानको दर्शन गरी आज मिति २०८० असार १२ गते मंगलबारको रासिफल पढ्नुहोस् तपाईंले चिताएको पूरा हुने छ ।

Tue Jun 27 , 2023
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति […]

You May Like

Highlight

Quick Links